माओवादी महाधिवेशन

माओवादी महाधिवेशन : बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल गठन

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनअन्तर्गत बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरिएको हाे।

अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा महर्जन छन्।

बिहान ११ बजेदिन बन्दसत्र सुरु गर्ने भनिए पनि अध्यक्षमण्डल गठनमा केही समय लागेकाले ढिला गरी सञ्चालन भएको हो।

प्रकाशित मिति: : 2021-12-27 12:41:00

प्रतिकृया दिनुहोस्