प्रदेश १ मा १६१ मा कोरोना संक्रमण पुष्टिः ४६९ जना संक्रमणमुक्त

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ४६९ जना कोरोना सङ्क्रमित निको भएका छन्।

निको हुनेमा २०५ महिला र २६४ पुरुष छन्। योसँगै निको हुनेको सङ्ख्या हालसम्म ७० हजार ८५३ पुगेको छ।

पछिल्लो २४ घण्टामा यो प्रदेशमा १६१ जना कोरोना सङ्क्रमित थपिएका छन्। कूल ६७९ जनाको पिसिआर परीक्षण गर्दा ७१ महिला र ९० पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये  सुनसरीका ९२, मोरङका ३४, झापाका २३, धनकुटाका छ, भोजपुर, उदयपुर र तेह्रथुमका एक–एक र प्रदेश  बाहिरका तीन रहेका छन्।

योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७७ हजार ९३७ पुगेको छ। अझै पनि प्रदेशमा सक्रिय सङ्क्रमित सङ्ख्या पाँच हजार ६३७ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-17 18:23:00

प्रतिकृया दिनुहोस्