राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएकी छन्।
राष्ट्रपतिले राष्ट्रियसभामा सम्बोधन गर्ने मिति भने तय नभएको नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईले जनाकारी दिए।
आजबाट सुरू हुन लागेको अधिवेशनको दौरान राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन्।
बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले सम्बोधन गर्ने जानकारी दिएका हुन्