बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री सुदन किरातीले पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिमा आउने चेष्टा नगर्दै राम्रो हुने चेतावनी दिएका छन्।
मंगलबार भोजपुरको षडानन्द नगरपालिकामा माओवादी केन्द्रको अधिवेशन उद्घाटन गर्दै पूर्वमन्त्री किरातीले पूर्वराजालाई मुर्ति, गैंडाको खागलगायत निर्यात गरेर नेपालमा लागूऔषध आयात गर्ने कुख्यात व्यापारीको संज्ञा दिए।
उनले त्यस्ता कुख्यात व्यापारीबाट जनताले आशा गर्ने कुनै कुरा नरहेको टिप्पणी गर्दै पूर्वराजाका छोरा पारसलाई लागूऔषध भण्डारण र गुण्डाको नाइकेको संज्ञा दिए।
‘उसको चरित्रको कुरा गर्ने हो भने ज्ञानेन्द्र एउटा कुख्यात व्यापारी हो। राजाको छोराको नाताले एयरपोर्टमा कुनै पनि भन्सारमा चेकजाँच नहुने त्यो बेला नेपालबाट गैंडाको खाग निर्यात गर्ने, हात्तिको दन्त र पुच्छर निर्यात गर्ने, राम्रा र महँगा कुरा, मुर्तिहरू निर्यात गर्ने र नेपालमा हिरोइन भित्र्याउने कुख्यात व्यापारी हुन्। अन्तर्राष्ट्रिय रुपमा पनि उसको छवि राम्रो छैन। ज्ञानेन्द्रपछि अर्को राम्रो शाह आउला नि त भन्यो भने लगत्तै पारस छ। जो गुण्डाको नाइके हो, लागूऔषधको भण्डारण हो,’ नेता किरातीले भने।
उनले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नभएकोले यतातिर लाग्नुभन्दा गणतन्त्रको उपचारमा लाग्नुपर्ने बेला भएको बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया