
बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार आएर जनताहरू असन्तुष्ट र आक्रोशित भएको कुरामा कुनै सत्यता नभएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यो सरकार आउनुभन्दा अगाडि एकदमै खुसी भएको अहिले रिसाए भन्ने कुरामा पटक्कै चित्त बुझाउन नसकिने बताए।
उनले भने, ‘जनता असन्तुष्ट छन्, र त्यो जनताहरू आक्रोशित पनि छन्। यो आक्रोशलाई नजरअन्दाज गर्नु हुदैन भन्ने कुरा म पनि मान्छु। ती जनताहरूको कुरा सुन्नुपर्छ र उनीहरूसँग संवाद गर्नुपर्छ भन्ने कुरा पनि मान्छु। तर उनीहरू किन रिसाएका छन् भन्ने कुरामा- अहिले यो सरकार छ त्यही भएर रिसाएका हुन्, यो सरकार आउनुभन्दा अगाडि एकदमै खुसी थिए, यो सरकार आयो त्यही भएर रिसाए भन्ने कुरामा भने पट्टकै चित्त बुझाउन सकिँदैन।’
उनले प्रतिपक्ष दलको काम प्रश्न नै गर्ने भएपनि समस्यालाई संकटको रुपमा व्याख्या गर्ने गरी प्रश्न नगर्न आग्रह गरे।
उनले भने, ‘प्रतिपक्ष दलले प्रश्न गर्ने नै हो, गर्नैपर्छ। तर हामीले यसरी व्याख्या गर्छौं कि यो समस्या होईन संकट हो। गयो-गयो डुब्यो, सक्यो, भत्कियो, म हुदाँ ठिक थियो, म नहुदाँ सकियो।’
म भन्दा राम्रो कोही छैन् म र मेरो समुह बाहेक बाँकी रहेको मानिसहरू सब खत्तम, सब भ्रष्ट र अयोग्य हुन् भन्ने प्रवृत्ति छोड्नु पर्ने उनले टिप्पणी गरे।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया