बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
बिएल संवाददाता
हिन्दू धर्ममा तिहारमा दिपावली वा लक्ष्मी पूजालाई पनि विशेष महत्व दिइन्छ।
बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार तिहारकाे दिन घरको सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ।
हुन त पूजा गर्नु कुनै ठुलाे काम हाेइन तर त्याे दिन भने लक्ष्मीको विशेष पूजा गरिन्छ।
लक्ष्मी पूजाकाे दिन गृहेणीहरू साँझ गरगहना, पैसा, फलफूल र फूलमाला चढाइ लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन्। लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ।
लक्ष्मीपूजा गरेपछि त्यसदिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ। त्यसैगरी त्याे दिन माता लक्ष्मीको जन्म भएको मानिन्छ।
किम्बदन्तीका अनुसार लक्ष्मीले भगवान विष्णुसँग एउटा चर्चाको क्रममा भनेकी थिइन् कि मैले धनधान्य र ऐश्वर्याको वरदान दिन्छु। त्यसैले उसलाई सम्पतिकी खानी भनिन्छ।
कसरी गर्ने लक्ष्मीकाे पूजा?
स्वस्तिक चिह्न भगवान लक्ष्मी मनपर्ने चिह्न हो। लक्ष्मी पूजाको समयमा लक्ष्मीलाई घरभित्र भित्राउन घरको मूल ढोकामा स्वस्तिक चिह्न बनाइन्छ।
त्यसैगरी पहेँलो कौडी लक्ष्मीलाई धेरै नै मनपर्छ। त्यसैले लक्ष्मीलाई खुसी पार्न पूजा गर्दा पहेँलो कौडी प्रयोग गर्न सकिन्छ।
वैदिक कालमा सुनले मुद्राको काम गरेको थियो। धन र समृद्धिको देवी लक्ष्मी भएकाले लक्ष्मीले सुन मन नपराउने कुरै भएन। त्यही भएर लक्ष्मी पूजा गर्दा धनसम्पत्ति रोखेर पूजा गर्ने गरिन्छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया