सुवास नेम्वाङको आह्वान–  पदाधिकारीसहित सबै नेताहरु आउनुस्, मन जितेर पार्टी हाँक्नुस्

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमाले ०७५ जेठ २ को संरचनामा फर्किएकाले पार्टीका केन्द्रीय पदाधिकारी सहित सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।

केही समयअघि पार्टीभित्र देखिएका समस्या हल गर्न गठित कार्यदलका संयोजकसमेत रहेका नेम्वाङले अब पनि केही बाँकी भएमा पार्टीभित्रैबाट समाधान खोज्न आह्वान गरेका हुन्।

एमालेको दशौँ महाधिवशन आयोजक कमिटीको बुधबार बसेको बैठकले एमालेको ०७५ जेठ २ अघिको संरचनालाई व्युँताउने निर्णय गरेसँगै यसअघि झलनाथ खनाल, माधवकुमार नेपाल लगायतको समूहले उठाएका सबै प्रश्न सम्बोधन भएको बताए। उनले भने, ‘पर्सि शुक्रबारलाई केन्द्रीय कमिटीको बैठक डाकियो। सबै जनालाई खबर गर्न एक दिनको समय राखिएको हो। सबैमाथिको कारवाही फुकुवा भएको छ। अब कुनै कारवाही छैन। सबैलाई केन्द्रीय कमिटी बैठकमा आउनुस् भन्ने मेरो आग्रह छ। पदाधिकारी रहनुभएका नेताहरुले अब हामी सबैको मन जितेर पार्टी हाँक्नुस्। ’

पूर्वसभामुख एवमु संविधानसभा अध्यक्ष नेम्वाङले अझै पनि केही समस्या भए पार्टीभित्रैबाट खोज्न आह्वान पनि गरे।  बिएल नेपाली सेवासँग उनले भने, ‘विगतमा जे जस्ता विवादहरु थिए, ती पार्टीभन्दा बाहिर थिए। त्यसले नै समस्या बढेको हो। साथीभाइ लगायत हामी सबैले भनेका हौँ– विवादलाई पार्टीभित्र ल्याउनुपर्छ। विधि प्रक्रियाबमोजिम टुंगोमा पुर्याउनुपर्छ। अब त्यो बिन्दुमा पुगेका छौँ।’ 

एमालेले विवाद समाधानका लागि बनाएको कार्यदलका स्रयोजक समेत रहेका नेम्वाङले आपसमा छलफल हुँदा यसको आधार तयार भएको पनि बताए। उनले भने, ‘सबैको कुरा सुनेर पार्टीले यस्तो निर्णय गरेको हो।’

माधव नेपाल नेतृत्वको समानान्तर समूहले विगतका उठाइएका अधिकांश मुद्दा एमाले केन्द्रीय कमिटीको बुधबारको बैठकबाट सम्बोधन भएको पनि नेता नेम्वाङले बताए। उनले भने, ‘आयोजक समिति हुँदैन भन्ने उहाँहरुको माग समेत सम्बोधन भयो। अब केन्द्रीय कमिटी पुनस्र्थापित भएको छ।’

त्यसो त कमसेकम एक महिनाका लागि भए पनि निर्वाचित पदाधिकारी त ल्याउनुपर्यो भन्ने माग ‘समानान्तर समूह’ को रहेको थियो तर एमालेले बैठकले पदाधिकारीलाई समेत नेताका रुपमा स्थापित गरिदिएको छ।

एमालेको बुधबारको बैठकको निर्णय भएकै बिन्दुदेखि झलनाथ खनाल÷माधव नेपाल वरिष्ठ नेता भएकाछन्, जो यसअघि निष्कासित भएका थिए भने भीम रावल पनि उपाध्यक्षमा पुनस्थापित भएका छन्।



एमालेको महाधिवेशन आयोजक कमिटी भंग, माधव नेपालसहित ११ नेतामाथिको कारवाही निष्क्रिय

‘जेठ २ को कमिटी’ भनेकै भरमा पहिला प्याकेजमा सहमति नभई बैठकमा गइँदैन: विरोध खतिवडा 

एमाले ०७५ जेठ २ कै संरचनामा फर्कँदै, माधव नेपाल समूह थप सङ्कटमा

प्रकाशित मिति: : 2021-06-30 16:32:00

प्रतिकृया दिनुहोस्