एमालेको महाधिवेशन आयोजक कमिटी भंग, माधव नेपालसहित ११ नेतामाथिको कारवाही निष्क्रिय

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटी भंग भएको छ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कमिटीलाई भंग गर्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। अब केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्नेछ।

प्रवक्ता ज्ञवालीका अनुसार महाधिवेशन आयोजक कमिटी भंग भएसँगै वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ नेतामाथि गरिएको कारवाही समेत स्वत: निष्क्रिय भएको छ।

माधव नेपाल पक्षका ११ जना नेताको कारवाही पनि निष्क्रिय भएको ज्ञवालीले बताएका छन्।

त्यस्तै, नेकपा माओवादीबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापासहितका नेतालाई स्थायी कमिटीका अटाउने निर्णय गरिएको छ।

प्रकाशित मिति: : 2021-06-30 14:44:00

प्रतिकृया दिनुहोस्