धरान उपमहानगरपालिकाले किसानलाई खेत जोत्ने औजार हस्तान्तरण गरेको छ।
उपमहानगरपालिकाका प्रमुख तिलक राईले आज आयोजित कार्यक्रममा धरान–२० स्थित कोकाहा बहुउद्देश्यीय कृषि समूहका किसान समूहलाई दुईवटा मिनी ट्रिलर औजार प्रदान गरे।
कृषि शाखाका अधिकृत नगेन्द्र तामाङले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत किसानलाई खेत जोत्न औजार उपलब्ध गराएको जानकारी दिए। समूहका अध्यक्ष मचिन्द्र राईले औजारले धान रोप्न सजिलो हुने बताए। रासस