‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
नेकपा (एमाले)को दशौँ महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ। महाधिवेशनबाट २ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ। केन्द्रीय सदस्यको उम्मेदवारीमा यसपालि युवाको वर्चश्व हुने देखिएको छ।
पार्टीको भ्रातृ संगठन युवा संघ नेपाल, अनेरास्ववियु, खेलकुद महासंघमा रहेका युवाले केन्द्रीय सदस्यमा दाबी गरेका छन्। पार्टीभित्र ३० प्रतिशत नयाँ अनुहार आउने चर्चा भइरहेका बेला युवा केन्द्रीय कमिटीमा आउन खोजेका हुन्।
जसमा अनेरास्ववियु अध्यक्ष सुनिता बराल, गण्डकी प्रदेश सांसद एवं युवा संघ पूर्वअध्यक्ष राजीव पहारी, खेलकुद महासंघका अध्यक्ष एवं युवा संघका पूर्वअध्यक्ष रमेश पौडेल, अनेरास्ववियु पूर्वअध्यक्ष नवीना लामा, अनेरास्ववियु पूर्वउपाध्यक्ष रश्मी आचार्य, पूर्वअध्यक्ष ऐन महर, जाजरकोट जिल्ला कमिटी सचिव सीपी घर्तीलगायतले केन्द्रीय सदस्य पदमा दाबी गरेका छन्।
त्यसैगरी, केन्द्रीय लेखा आयोग सदस्यमा ईञ्जिनियरतर्फ सञ्जीव रोकाहाले दाबी गरेका छन्। एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईकाअनुसार उम्मेदवारीमा यसपालि युवाको वर्चश्व छ।
३० प्रतिशत युवा ल्याउनुपर्ने अभियान चलाइरहेका नेता हिरा केसी यसपालि पदाधिकारीदेखि केन्द्रीय समितिसम्म युवाको प्रतिनिधित्व बढ्ने बताउँछन्। केन्द्रीय कमिटीमा चार कार्यकालपछि अनिवार्य अवकाशको प्रस्ताव गरेका केसीको युवा समूहले यसै महाधिवेशनबाट यो प्रावधान लागू गरेर केन्द्रीय कमिटीमा युवा प्रतिनिधित्व गराउन प्रयत्न गरिरहेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया