सुदूरपश्चिम प्रदेश सरकारको नीति कार्यक्रम पारित

बिएल संवाददाता

सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ। आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।

सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रमको पक्षमा बहुमत रहेको जानकारी दिँदै नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे।

यसअघि नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलमा आएका सुझावलाई मनन गरी बजेटमा समेटिने र बजेट बिनियोजनमा कुनै भेदभाव नराखिने बताए।

देशमा विकासको ‘मोडेल’ केहो भन्ने कुरा अहिलेसम्म ठोेसरूपमा आउन नसकेको बताउँदै मुख्यमन्त्रीले भट्टले भने, 'विकासको मोडेल स्पष्ट ढङ्गले नबनाइकन विकास गर्न कठीन छ।'

उनले देशको पछिल्लो राजनीतिक परिस्थितिले सत्तापक्ष र प्रतिपक्षभन्दा पनि प्राप्त उपलब्धि जोगाउँदै विकासका लागि एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। रासस 

प्रकाशित मिति: : 2021-06-13 21:40:00

प्रतिकृया दिनुहोस्