धरौटीमा छुटे लगत्तै आशिका तामाङ फेरि पक्राउ

आफूलाई अभियान्ता बताउने आशिका तामाङ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार धरौटीमा रिहा भए लगत्तै पुनः पक्राउ परेकी छन्।

अभद्र व्यवहार मुद्दामा माघ २ गते पक्राउ परेकी तामाङ प्रहरी वृत्त गौशालाको हिरासतमा थिइन्। सोमबार जिल्ला प्रशासन कार्यालयले उनलाई धरौटीमा छाड्ने निर्णय गरेको थियो। प्रशासनले धरौटीमा छोडे पनि उनलाई गौशाला प्रहरीले साथमै लिएर आएको प्रहरी स्रोतले बतायो।

भक्तपुरस्थित प्रहरी बृत्त जगातिमा उनीविरुद्ध मुद्दा दर्ता भएकोले उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाउने गौशाला प्रहरीले जनायो। भक्तपुर प्रहरी परिसरका अनुसार तामाङविरुद्ध भक्तपुरमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ। 

यसअघि पशुपति क्षेत्र विकास कोषको जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा उनी पक्राउ परेकी थिइन्।

प्रकाशित मिति: : 2025-01-27 17:44:00

प्रतिकृया दिनुहोस्