धरौटी बदरको माग गर्दै कास्की उच्च अदालतमा रविको निवेदन

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत कास्कीको धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै उच्च अदालत पोखरामा निवेदन गर्ने भएका छन्।

पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतका न्यायाधीस नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

उक्त धरौटीको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका लामिछानेले जिल्ला अदालतले तोकेको धरौटी बदर गरि साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भन्दै उच्चमा निवेदन दर्ता गर्न लागेका हुन्। लामिछानेका कानुन व्यवसायीका अनुसार आजै उच्च अदालतमा निवेदन दर्ता हुँदै छ।

यसअघि लामिछानेलाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेश बदर गर्दै पुर्पक्षमा थुनामा राख्नुपर्ने माग सहित सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा निवेदन दर्ता गराइसकेको छ। उच्च अदालतले रविलाई धरौटीमा छाड्नुको कारण माग गरिसकेको छ। अब रविको निवेदनसँगै सरकारी वकिलको निवेदन राखी सँगै मुद्दा अघि बढ्ने छ।

प्रकाशित मिति: : 2025-01-27 13:18:00

प्रतिकृया दिनुहोस्