अमेरिकी राष्ट्रपति जो बाइडेन विमान चढ्ने क्रममा हावाको झोक्कासँग प्रतिरोध गर्दा विमानको सिंढीमा लडेका छन्। जर्जियाको एटलान्टा भ्रमणमा निस्कने क्रममा एयरफोर्स वन चढ्दै गर्दा घटना घटेको हो।
पहिलोपटक अल्झेर उठ्न खोज्दा दोस्रोपटक पनि अल्झिए र सन्तुलन बिग्रेर झण्डै विमान चढ्ने भर्याङमै बस्नुपर्ने अवस्था आइलाग्यो। तर, उनी निक्कै संघर्ष गरेर उठे। जब उनी सम्हालिएर एयरफोर्स वनको ढोकामा पुगे, सलाम फर्काउदै भित्र छिरेका थिए।
यो घटनाले अमेरिकी सामाजिक सञ्जालमा ठूलो स्थान पाए पनि मूलधारका सञ्चार माध्यममा भने खासै महत्व पाएको छैन। घटनाका बारेमा बाइडनसँगै यात्रामा रहेकी ह्वाइट हाउस प्रेस सेक्रेटरी साकीले बाइडन सकुशल रहेको बताएकी छिन्।
७८ वर्षीय राष्ट्रपति बाइडनको धपेटी धेरै नै छ। त्यसैले उनलाई शरीर थाम्न पनि गाह्रो परेको हुन सक्छ।
यसअघि गत नोभेम्बरमा उनको कुकुर मेजरसँग खेल्ने क्रममा खुट्टा मर्किएको थियो।