‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
बिएल संवाददाता
भैरहवा ग्लाडियटर्सले दोस्रो जित निकाल्दै जारी एभरेस्ट प्रिमियर लिग (ईपिएल) टि–ट्वान्टी क्रिकेटमा दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ।
सोमबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको दिनको पहिलो खेलमा भैरहवाले शीर्ष स्थानको चितवन टाईगर्सलाई ६ विकेटले पराजित गरेको हो।
१६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको भैरहवाले १७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै १६५ रन बनाएको हो। भैरहवाको जितमा विकेट किपर तथा ओपनिङ ब्याटर प्रदीप ऐरीले सर्वाधिक ७२ रन बनाए। ४३ बल खेलका ऐरीले ८ चौका ३ छक्का प्रहार गरे। यस्तै, तमीम इक्वालले ४०, उपुल थरङ्गाले ३९ रन बनाए।
यता, चितवनको लागि करिम जन्नतले सर्वाधिक २ विकेट लिए। यस्तै सागर ढकाल र भीम सार्कीले समान १ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाए।
चितवनको लागि करिम जन्नतले सर्वाधिक ३५ रनको योगदान गरे। यस्तै, मोहम्मद सहजादले ३२, सिकुगे प्रसन्नाले २४, भीम सार्की १६, राजेश पुलामी १४ र दिलीप नाथले १३ रन बनाए।
भैरहवाका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए। यस्तै, कुशल मल्लले २ विकेट लिँदा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले समान १–१ विकेट लिए।
जारी ईपीएलमा चितवन पहिलो पटक पराजित भएको हो। यसका बाबजुद पनि चितवन यसअघि नै प्लेअफमा पुगिसकेको छ। यस्तै भैरहवा र पोखरा राईनोज पनि प्लेअफमा पुगिसकेका छन्।
अब, प्लेअफमा पुग्न एक टोलीको टुंगो लाग्न बाँकी छ। काठमाडौंले बाँकी एक खेल जिते स्वतः प्लेअफ पुग्नेछ। यदि दुवै खेलमा काठमाडौं पराजित भए ललितपुर प्याट्रियट्स प्लेअफमा स्थान बनाउनेछ।
जारी ईपीएलमा ५ खेल खेलेको चितवनको ८ अंक छ। समान ४ खेलबाट भैरहवाको ६ अंक रहँदा पोखरा राईनोजको ४ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ।
५ खेलबाट ३ अंक बनाएको ललितपुर चौथो स्थानमा रहँदा ३ खेल खेलेको काठमाडौं २ अंकसहित पाँचौँ तथा ५ खेल खेलको विराटनगर २ अंकसहित तालिकाको पुछारमा छ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया