प्रत्येक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी स्तनपान दिवस मनाइने गरिन्छ। यस वर्ष पनि स्तनपान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
स्तनपानका बारेमा बालरोग विशेषज्ञ डा. कल्पना उपाध्याय (सुवेदी)काे सुझाव :
आमाको दुध अमृत समान र पहेंलो बिघौती दुध पहिलो खोप सरहकाे मानिन्छ। आमाको दुधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलाम तत्व दिन्छ। आमाको दुधबाट आएका साधारण जीवाणुहरूले शिशुको शरीरमा उब्जने विभिन्न किसिमको रोगसँग लड्ने क्षमता दिइ उनीहरूको रक्षा गर्छन्।
आमा तथा शिशुको स्वस्थ जीवनका लागि स्तनपानको महत्वबारे व्यापक चेतना अभिवृद्धि गर्न व्यक्ति, परिवार, समुदायकाे भूमिका महत्वपूर्ण छ। घरदेखि कार्यस्थलमा समेत शिशुलाई स्तनपानमा सघाउन सरोकारवालाहरूले भूमिका खेल्नुपर्छ।
शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति गौरव महसुस हुन्छ। बच्चा जन्मेको एक घण्टा भित्रबाट दुध खुवाउन सुरु गरेपछि ६ महिनासम्म आमाको दुध मात्रै खुवाउनुपर्छ।
तर, कुनै-कुनै बच्चा तोकेको समयभन्दा अगाडि जन्मिएको हुन्छ। यस्तो बच्चाले दुध खान सक्दैन। दुध खान नसकेपछि बच्चाहरू आई.सी.यूमा राखेको हुन्छ र आमाहरूमा पनि दुध नआउने समस्याहरू देखा परेको हुन्छ।
कतिपय गाउँघर तिर गाई–भैँसीको दुध, मह, घिउ सुरुमा दिने चलन अहिले पनि छ। अब त्यसरी गाई–भैँसीको दुध खुवाउनु हुँदैन भनेर 'मिल्क बैक' स्थापना गरिएकाे छ। वि.सं. २०७९ भदौ महिनामा अष्टमीका दिनमा प्रसूति गृहमा मिल्क बैंक स्थापना भएपछि अरु आमाको दुधलाई प्रशोधन गरेर बृहत् स्तनपान व्यवस्थापन केन्द्र सञ्चालन गरिएकाे थियाे।
आमाको दुध बच्चाको लागि अमृत समान हो। यो बच्चाको लागि सबैभन्दा सुपाच्य हुन्छ। तर, पछिल्लो समयमा आधुनिक महिलाहरूले बच्चालाई स्तनपान गराउने दरमा कमी आउन थालेकाे छ।
शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार हो। आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई हुन्छ। आहिलेको समयमा नराम्रो-नराम्रो बिकृतिहरू फैलिँदै आएको छ।
मानव मिल्क बैंक भनेको के हो ?
मानव मिल्क बैंकले आमाको स्तनपानलाई प्रवर्द्धन गर्दै आएको हुन्छ। मानव मिल्क बैंक भनेको आमाको दुध नआएर खान नपाएका बच्चाहरूलाई खुवाउने उद्देश्यले निरोगी आमाबाट संकलन गरिएको दुध प्रशोधन गरी जम्मा गर्ने व्यवस्थित स्थान हो।
आमाको दुध खान नपाएका बच्चालाई मिल्क बैंकको दुध खुवाउँदा बच्चा स्वस्थ हुनुका साथै बाल मृत्युदर घट्छ। यसकै लागि सरकारले धेरै बच्चा जन्मने प्रसूति गृहमा मिल्क बैंक स्थापना गरेकाे छ।
स्तनपानको महत्व
स्तनपानले शिशुलाई स्वासप्रश्वास, किटाणु तथा जीवाणुको संक्रमण, पेटमा हुने संक्रमण, मधुमेह क्यान्सर जस्ता हुनबाट बचाउछ।
बाच्चहरू बढ्दै गएपछि मोटोपन स्वस्थ्य समस्याको जोखिमलाई जोगाउन सकिन्छ। स्तनबाट निस्कने पहेंलो, बाक्लो बिघौती दुधमा शिशुको सुरुका ६ महिनाका लागि आवश्यक कार्बोहाईड्रेट, प्रोटिन, भिटामिन तथा खनिज पौष्टिक पदार्थ सही मात्रामा पाइन्छ।
आमाको दुध शिशुका लागि अत्यन्त सफा, स्वच्छ, पोषणयुक्त र रोग प्रतिरोधक क्षमता भएको पूर्णखाना हो। बच्चाको दाँतको समस्या नहुने बोली चाँडो आउँने बच्चाको शरीरको राम्रो वृद्धि विकास हुनुका साथ-साथै मृत्यु हुने जोखिम पनि कम हुने गर्छ।
सही स्तनपानबाट शिशुमा हुने फाइदाहरू
स्तनपानले शिशुलाई आकस्मिक तथा दीर्घरोग लाग्नबाट बचाउँछ। आमाको दुध मात्र खाएका शिशुलाई मोटोपन, श्वासप्रश्वास, झाडापखाला, निमोनिया, मधुमेह, पेट, कानको संक्रमण तथा अकस्मात शिशुको मृत्युजस्ता समस्याको जोखिम कम हुन्छ।
स्तनपान गराएका शिशुलाई आमाको दुधबाट रोग प्रतिरोधात्मक क्षमता प्राप्त हुने हुँदा विभिन्न रोगबाट बच्न सकिन्छ।
- बच्चाहरूको बोली छिटोभन्दा छिटो आउँछ।
- आमाको दुध तयारी अवस्थामा र उपयुक्त तापक्रममा उपलब्ध हुन्छ।
- बच्चालाई झाडापखालाबाट बचाउँछ।
- आमाको दुधमा बच्चाको लागि आवश्यक कार्बोहाइडेट प्राटिन र चिल्लो पदार्थ पाइन्छ।
स्तनपानबाट आमामा हुने फाइदाहरू
- शिशुलाई स्तनपान गराउने महिलाको स्तनक्यान्सर हुने सम्भावना दोब्बर कम हुन्छ।
- आमामा प्रसुती अवस्थामा भएको रक्तश्राव कम हुन्छ।
- शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मियता र भावनात्मक सुखानुभूति गौरव महसुश गराउँछ।
- खुसीको माहोल बन्छ।
-आमाको महिनावारी गडबढ हुनबाट रोक्छ।