कालीगण्डकी नदीको जथाभावी दाेहाेन भएको भन्दै त्यसलाई राेक्नका लागि व्यानर प्रदर्शन भएको छ। कालीगण्डकी बचाऔं अभियानले माघे संक्रान्तिका दिन पर्वतको प्रसिध्द मोदीवेणी धाममा व्यानर प्रदर्शन गरेको हाे।
उक्त बचाउ अभिायानले विगत चार दशकदेखि अव्यवस्थित विकासे गतिविधि भइरहेको र प्रकृति दोहन भएको बताएको छ।
नदीको प्राकृतिक स्रोत मूलतः ढुंगा, शिला, गिटी, बालुवाको अधिक दोहनले कालीगण्डकी नदी क्षदविच्छेद भइरहेको भन्दै दोहनकाविरुद्द आफूले व्यानर प्रदर्शन गरेको कालीगण्डकी बचाऔं अभियानका संयोजक एवम् प्रकृति, पर्यावरण तथा सम्पदा चिन्तक आरके अदीप्त गिरीले बताए।
कालीगण्डकी किनारै किनार खनिएको कालीगण्डकी (क, ख) करिडोर सडक सञ्जाल तथा त्यो सडकसँगै आएको अव्यवस्थित सहरीकरण, एकाध व्यक्तिको स्वार्थ, लाभ र दादागिरीमा वातावरणीय प्रभाव मूल्याङ्कनविना खोलिएका दर्जनौं क्रसर उद्योगहरूले मानव तथा प्राणी जगत् अचाक्ली जोखिममा परेकोमा उनी चिन्ता व्यक्त गर्छन्।
नदी तटीय क्षेत्र (८ सय १४ किमि)का क्रसर उद्योगको कारणले नदी दिनप्रतिदिन मरिरहेको भन्दै नदीमाथिको हाल भैरहेका सम्पूर्ण हस्तक्षेप विरुध्द आवाज बुलन्द गर्न र साझा र स्वायत्त जनअधिकारको लडाइँमा जोडिन गण्डकी/ लुम्बिनीबासीलाई अभियानले अनुराेध पनि गरेको छ।