रास्वपाले भन्यो– त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही गर्छाैँ

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई छानबिन गरेर कारबाही गर्ने बताएको छ। 

बुधबार साँझ जिल्ला अदालत काठमाडौँ परिसरमा त्रिपाठीमाथि रास्वपा सभापित रवि लामिछानेको समर्थनमा आएका केही युवाहरूले हातपात गरेका थिए। 

स्वर्णलक्ष्मी सहकारीको रकम ठगी हिरासतमा रहेका लामिछानेको अदालतमा थुनछेक बहस भइरहेको समयमा त्रिपाठीमाथि अदालत बाहिर हातपात भएको हो।

जसमा रास्वपाका कार्यक्रता संलग्न रहेको बताइएको छ। 

पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै घटनाको विषयमा पार्टीको अनुशासन विभागको ध्यानाकर्षण भएको र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही गर्ने बताएका छन्। 

उनले यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य नहुने बताएका छन्।

याे पनि– 

दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास गर्ने को हुन् थाहा छैन: सन्तोष परियार

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतले दियो आदेश

प्रकाशित मिति: : 2025-01-15 17:37:00

प्रतिकृया दिनुहोस्