रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतले दियो आदेश

Break n Links
Break n Links

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

बुधबार थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएकाे हाे। 

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछाने कास्की जिल्ला अदालतको आदेशमा पुस २५ गते बिहीबार ६५ लाख धरौटी तिरेर रिहा भएका थिए। 

प्रकाशित मिति: : 2025-01-15 16:40:00

प्रतिकृया दिनुहोस्