इटालीमा पुनः बढ्न थाल्याे कोरोना, प्रतिबन्धात्मक नयाँ नियमहरु गरियाे घोषणा

इटालीका प्रधानमन्त्री जुसेपे कोन्तेले कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि प्रतिबन्धात्मक नयाँ नियमहरु घोषणा गरेका छन्। 

प्रधानमन्त्री कोन्तेले टेलिभिजन मार्फत आइतबार बेलुका राष्ट्रको नामा सम्बोधन गर्दै पुनः लकडाउनको अवस्था आउन नदिका लागि प्रतिबन्धात्मक उपायहरु लागु गर्नु परेको उनले जानकारी दिएका छन्।

इटालीमा पछिल्ला दिनहरुमा लगातार संक्रमितको संख्या बढ्दै गएको छ। आइतबार एकै दिन ११ हजार ७०५ जनामा संक्रमण पुष्टि भएको छ । 

कोरोना भाइरसको महामारीको पहिलो लहरमा युरोपमा सबैभन्दा पहिले सबैभन्दा बढी प्रभावित हुने देश इटालीमा अहिले महामारीको दोस्रो लहर सुरु भएको हो ।

यसैलाई मध्यनजर गर्दै नयाँ नियमहरु घोषणा गरिएको हो।इ६ालिका मेयरहरुलाई आफ्नो शहरका सार्वजनिक स्थलहरु निश्चित समयपछि बन्द गर्ने प्रधानमन्त्री कोन्तेले आग्रह गरेका छन्। यस्तै उनले रेस्टुरेन्ट खोल्ने समय तथा त्यहाँ उपस्थित हुन पाउने मानिसको संख्या निर्धारण गर्ने अधिकार दिएका छन्।

Italian Prime Minister Giuseppe Conte made the announcement on Sunday

‘बार तथा रेस्टुरेन्टहरु मध्यरातमा बन्द गर्न आग्रह गर्छु’, उनले भने,‘ तर बेलुका ६ बजेपछि मात्रै डेबलमा सेवा उपलब्ध हुनेछ। अधिकतम एक समूहमा ६ जना हुन पाउने छन् ।’ 

यस्तै स्कूलका माथिल्लो कक्षाका विद्यार्थीहरुको विद्यालय समय कम गर्ने तथा सकेसम्म घरबाटै अध्ययन गर्ने व्यवस्था मिलाउन पनि उनले आग्रह गरेका छन्। 

स्थानीय सभा सम्मेलन तथा उत्सवहरु गर्न नपाइने उनले जनाएका छन्।

प्रधानमन्त्री कोन्तेले अर्थतन्त्रमा गम्भीर असर पार्ने विगतको जस्तो लकडाउन गर्नुपर्ने अवस्था नआओस् भन्नका लागि समय खेर नफाली सुरक्षाका लागि प्रतिबन्धात्मक उपायहरु अपनाउनुको विकल्प नरहेको बताए। 

‘लकडाउन गरे अर्थतन्त्रमा गहिरो प्रभाव पर्छ त्यसै कारण सरकारले कोरोना रोकथाम गर्न सक्दो प्रयास गरिरहेको छ। तर नागरिकको सहयोग बिना यो संभव हुँदैन। त्यसैले सबै आआफ्नो भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने।

प्रकाशित मिति: : 2020-10-19 06:04:00

प्रतिकृया दिनुहोस्