मंसिर ७ गते काठमाडौँमा प्रदर्शन

सत्तामा एमाले, सडकमा पनि एमाले (भिडियाे)

Break n Links
Break n Links

सत्ताकाे बागडाेर सम्हालिरहेकाे नेकपा एमालेले सडकमा पनि मान्छे उतार्ने भएको छ। मंसिर ७ गते काठमाडौँमा मान्छे उतारेर प्रदर्शन गर्ने भएको हो। 

शुक्रबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर सडकमा मान्छे उतार्न लागेको जानकारी गरायो। सामान्यतया सत्तारुढ दलले सडकमा पर्दशन गर्नुलाई राम्रो मानिदैन। 

प्रतिपक्षको सडक भनिने गरेको भए पनि मंसिर ७ गते भने एमालेले ‘जनजागरण सभा’ नाम दिएर प्रदर्शन गर्ने भएको हाे। प्रदर्शनमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागितामा रहने एमालेले जनाएको छ। 

शुक्रबार पार्टी कार्यालय च्यासलमा भएको पत्रकार सम्मेलनमा वर्तमान सन्दर्भमा जनताका बीचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरूरी भएको भन्दै जनजागरण सभाको आयोजना गर्न लागेको जानकारी दिइयो। 

राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न, गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न, वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाकाबारेमा जनतालाई स्पष्ट गर्नलगायत पक्षमा जनमत निर्माण गर्न सभा गर्न लागेको एमालेको भनाइ छ।

प्रकाशित मिति: : 2024-11-15 15:31:00

प्रतिकृया दिनुहोस्