सर्वोच्चका तीन प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी

संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध ७ उजुरी परेको छ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित न्यायाधीशहरूविरुद्ध परेको उजुरीबारे जानकारी दिएकी हुन्। 

 को बारे, के उजुरी भन्ने खुलाइएको छैन।

उजुरीकर्तालाई शुक्रबार समितिको बैठकमा बैठकमा आमन्त्रण गरिएको छ।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । 

प्रकाशित मिति: : 2025-06-26 12:51:00

प्रतिकृया दिनुहोस्