‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
मुक्ति गौतम
यसलाई मार्नुपर्छ।
सियो चोर्नेले फाली चोर्छ। फाली चोर्नेले घर फोर्छ।
यसका हात खुट्टा भाँचिदे न। यति सानै उमेरदेखि चोर्न पो थालेछ।
लगभग बाह्र वर्षे पिउसो भुइँमा लडेको छ। आफ्ना कलिला रक्ताम्य हातले छिप्पेका मुड्की र जोरलात्तीको प्रहार रोक्ने असफल प्रयास गरिरहेको छ। अबदेखि चोर्दिन नि! चोर्दिन नी! न कुट्नु न! दर्दनाक गुहार गरिरहेको छ।
बस गाडी ग्यारग्यार गर्न थाल्यो।
एउटा यात्रु–बिचारा मर्छ होला केटो। नाथे सय रुपैयाँको खोस्टाको लोभले अनाहकमा ज्यान जाने पर्यो।
अर्की गृहिणी–आमा कति रुँदी हो। मैले त मेरो रत्ने सम्झें। आंग पनि जिरिंग भयो। मान्छेहरू कति पापी।
एउटा नेता जस्तो खोक्यो–किन चोर्नु त पैसा मरोस बजिया।
अर्को लुते मान्छे डराउँदै–कपी किन्नु थियोे कि, घराँ अन्नको गेडो पो थिएन कि, सिकिस्त आमालाई औषधि पो किन्नु थियो, अमत्याईं लागेर पो चोरेको हो कि।
अर्का बुजुर्ग देखिने–हिजोआज कुनचाहिँ चोर छैनन र ? जतासुकै चोरैचोर। नेता चोर, मन्त्री चोर, डाक्टर चोर, मास्टर चोर, पण्डित पनि चोर। चोरैचोरको मुलुक।
एउटी पाकी आमै–हो त उनिहरू बाठा चोर। चोरेको देखेर पनि चोर भन्नै नपाइने। घुमाउरो पाराले चोर भन्छन भन्नू हो भने कुटौंला झैँ गरिआइ पो लाग्छन त। त्यो पिउसो भक्कुर्नेहरू पनि मौकामा चौकाहान्ने चोरै त होलान नी। गज्जब दुनियाँ।
साँझमा घर पुगेँ। खानै मन लागेन। बिस्तरामा पुर्लुक्क पल्टेँ।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया