पर्सा, बारा र सप्तरीमा थपिए १७ काेराेना संक्रमित

वीरगञ्जस्थति नारायणी अस्पतालमा गएराति गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

पर्सा, बारा र सप्तरीकाका विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ९६ जनाको स्वाबको नमुनालाई परीक्षण गर्दा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले बताए।

संक्रमितहरुमध्ये १३ जना पुरुष र ४ जना महिला हुन्। पर्साका १०, बाराका ५ र सप्तरीका २ जना गरी १७ जना थपिएको प्रवक्ता डा. चौरसियाले बताए। 

थपिएकामध्ये ३ जना वीरगञ्जस्थित सिद्धाथ बैंकका कर्मचारी हुन् भने एक जना रामपुर टोकनीमा रहेको एसबीआई बैंकका कर्मचारी हुन्। 

त्यस्तै, वीरगञ्ज महानगरको वडा नं. १, २, ४ , ११ र १३ का एक एक जनामा संक्रमण देखिएको प्रवक्ता डा. चौरसियाले जानकारी दिए। पर्साको पोखरिया नगरपालिकाको वडा नं. २ का १ जनामा संक्रमण देखिएको छ।

यसैबिच बारामा थपिएका संक्रमितमध्यै सबैभन्दा बढी कलैया उपमहानगरपालीकाका छन्। 

कलैया उपमहानगरको वडा नं.४, १३, १४, र १८ का एक/एक जना संक्रमित भएका छन्। 

जीतपुर सिमराका १ जनामा पनि संक्रमण देखिएको छ। उता सप्तरीको कन्चनरुप नगरपालिका वडा नं. ८ का २ जनामा पनि संक्रमण देखिएको छ। 

थपिएका संक्रमितहरु ७ वर्षदेखि ६५ वर्ष उमेर समुहका रहेका छन्। उनीहरुको सिटी भ्यालु १९ देखि ३४ सम्म रहेको डा. चौरसियाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-10-12 14:00:00

प्रतिकृया दिनुहोस्