माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
बिएल संवाददाता
नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि सुनिल थापाले उम्मेदवारी दिएका छन्।
राप्रपाबाट कांग्रेस प्रवेश गरेका उनले १४औँ महाधिवेशनअन्तर्गत सुरु भएको मनोनयन दर्ताका क्रममा सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
राप्रपाका तत्कालीन अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर छोरा रहेका उनी कांग्रेसको सदस्यका लागि चुनावी मैदानमा उत्रिएका हुन्।
कांग्रेस प्रवेश गर्दा सहमहामन्त्री बनाइए पनि चुनावी प्रतिस्पर्धामा भने थापाले सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
शनिबार बिहान ११ बजेपछि सुरु भएको मनोनयन दर्ता प्रक्रिया साँझ ५ बजेसम्म रहने कांग्रेस निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय सदस्यमा अर्जुननरसिंह केसी र डा. रामशरण महतले पनि उम्मेदवारी दिएका छन्।
यसैबीच, अहिलेसम्म आठ सहमहामन्त्रीका लागि देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, वकिल मिया, तेजुलाल चौधरीले उम्मेदवारी दर्ता गरेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया