जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत थप १४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
गत सोमबार गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो प्रहरी चौकीमा कार्यरत आठ प्रहरी तथा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १ गरी नौ प्रहरीमा कारोना संक्रमण पुष्टि भएको थियो।
सोमबार संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङका क्रममा थप १४ जना प्रहरीमा शुक्रबार संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीका अनुसार परीक्षणमा भारतबाट आई होम क्वारेन्टाइनमा बसेकी २२ वर्षीया महिलाको रिपोर्ट पनि पोजिटिभ आएको छ।