सुर्खेतमा ३३ सहित कर्णालीमा थपिए ४५ काेराेना संक्रमित

 कर्णालीमा पछिल्लो २४ घन्टामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा आइतबार ४५ जनामा संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै ३३ जना संक्रमित भएका सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । 

जसमा ९ जना कर्मचारी, ३ जना सुरक्षाकर्मी, २/२ जना स्वास्थ्यकर्मी र शिक्षक र एकजना गैर-सरकारी संस्थाका कर्मचारीसमेत रहेको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

त्यस्तै सल्यानका ५ जना, दैलेख र जाजरकोटका एक/एकजना र अन्य प्रदेशका ५ जना काेराेना संक्रमण देखिएकाे छ। योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३४०९ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार आइतबार प्रदेशमा थप १७ जना डिस्चार्ज भएका छन् । प्रदेशमा हालसम्म २८२७ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।

प्रदेशभर हालसम्मा ४९९ जना कोरोनाका सक्रिय संक्रमित रहेको कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।
 

प्रकाशित मिति: : 2020-09-27 19:08:16

प्रतिकृया दिनुहोस्