नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४४९ परीक्षणमा थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए।
आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ६६ हजार नाघेको छ। आजसम्म ६७ हजार ८ सय ४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये १७ हजार ४ सय १४ सक्रिय संक्रमित रहेका छन् ।
संस्थागत आइसोलेसनमा ८ हजार २ सय २८ जना छन् भने ९ हजार १ सय ८६ जना होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा १८ सय ९३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ४९ हजार ९५४ जना पुगेको मन्त्रालयको तथ्यांक छ।
पछिल्लो २४ घण्टामा ९४४९जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ९ लाख ४४ हजार ४ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ७ हजार १ सय ४ जना क्वारेन्टाइनमा छन् ।
यस्तै पछिल्लो २४ घन्टामा ७ जनाको ज्यान गएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म ४३६ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।
आइसियुमा २२० जना उपचाररत छन्। यस्तै भेन्टिलेटरमा ४३ जना उपचाररत छन्।