वीरगञ्जमा थप १८ जनामा कोरोना संक्रमण

नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको पछिल्लो पीसीआर परीक्षणको क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

पर्साका ६ र बाराका १२ जना गरी १८ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश कुमार चौरसियाले जानकारी दिए। 

३ सय जनाको स्वाब परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको डा चौरसियाले बताए।

थपिएका संक्रमितहरुमध्ये  १४ जना पुरुष र ४ जना महिला रहेका छन्। उनीहरुको उमेर समुह १२ देखि ८५ वर्ष सम्मका रहेको डा चौरसियाले बताए। 

थपिएका संक्रमतिमा वीरगञ्ज महानगरका ५ जना र १ जना सखुवाप्रसौनी गाउँपालिकाका रहेका छन्। 

वीरगञ्जको १ र १४ का २ जना छन् भने ३ जना संक्रमितको वडा नम्बर नखुलेको चौरसियाले भने। यस्तै सखुवा प्रसौनीको वडा नं। २ का १ जना रहेका छन्। 

यस्तै, थपिएका बाराका संक्रमितमा कट्टीपर्सा बाराका १ जना, मोतिसरका १ जना, सशस्त्र प्रहरी गण पथलैयाका २ जना र ८ जना भने जीतपुर सिमरा उपमहानगरपालिकाका रहेका छन्।

प्रकाशित मिति: : 2020-09-22 15:20:37

प्रतिकृया दिनुहोस्