धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार मृत्यु हुनेमा झापा मेचीनगर ८ कि ७२ वर्षीया महिला रहेकी छिन्। असोज ४ गते कन्काई अस्पतालबाट प्रतिष्ठान रेफर गरिएकी ति महिलाको आइतबार राती ९:२० बजे मृत्यु भएको हो।
४ गते कोरोना देखिए पनि उनलाई कुनै दीर्घ रोग रहेको नखुलेको सापकोटाको भनाई छ।
त्यस्तै सुनसरी सदरमुकाम इनरुवाकी ४९ वर्षकी महिलाको पनि प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको छ। मृत्यु हुने इनरुवा ४ कि ति महिलालाई असोज १ गते विपी प्रतिष्ठानको ल्याबमा पिसिआर परीक्षण गराउदा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
प्रवक्ता सापकोटाले उनमा मधुमेश, उच्च रक्तचाप र मृगौला सम्बन्धि समस्या रहेको जानकारी दिए। उनको आज विहान २ बजे मृत्यु भएको हो।
प्रतिष्ठानले दुबै शवको व्यवस्थापन भइरहेको जानकारी दिएको छ। विपी प्रतिष्ठानमा मृत्यु भएका संक्रमितको शव नेपाली सेनाले धरानको नजिकको चारकोसे झाडीमा व्यवस्थापन गर्दै आएको छ।