झनझन धरासायी बन्यो- हेटौंडा सिमेन्ट

गुणस्तरका हिसावले हेटौडा सिमेन्ट धेरैको रोजाईमा पर्छ। २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरू गरेको यो उद्योग दुई वर्ष यता लगातार घाटामा छ। राजनीतिक हस्तक्षेप र कर्मचारीको लापरवाहीका कारण उभो लाग्न नसकेको हेटौडा सिमेन्ट उद्योग आधाजसो समय उपकरण बिग्रिएको भन्दै बन्द हुने गरेको छ। उपकरण विग्रेको निहूँमा पटक पटक उद्योग बन्द गर्नु पर्ने रहस्य के हो त ?

कुनै समय सरकारी स्वामित्वको हेटौडा सिमेन्ट किन्न उपभोक्ताले अगि्रम पैसा बुझाएर महिनौ पर्खनुपथ्र्यो। तर २०४३ सालदेखि सञ्चालित यो उद्योग प्राय सधै घाटामा जान्छ। उपकरण पुराना भएको भन्दै मर्मतका नाममा करोडौं खर्च गर्नुपर्छ । दैनिक ७ सय ५० मेटि्रकटन सिमेन्ट उत्पादन क्षमता रहेको यो उद्योगले समयमै कच्चापदार्थ आयात गर्न सक्दैन् ।आर्थिक वर्ष २०७४-०७५ मा १६ करोड ३६ लाख रुपैयाँ नाफा गरेको उद्योग त्यसयता निरन्तर घाटामा छ । ३४ वर्ष पुराना उपकरण भएकाले बर्षेनीजसो ६ करोड रुपैयाँ मर्मतमै खर्च गरिन्छ । कतिसम्म भने उपभोक्ताको माग बढ्दा प्राय ४ देखि पाँच महिना त उद्योग मर्मतकै नाममा बन्द हुन्छ । 

हेटौडामै नीजि क्षेत्रका दुईवटा सिमेन्ट उद्योग भएकोले प्रतिस्प्रर्धा गर्न कठिन भएको हेटौंडा सिमेन्ट व्यवस्थापनको दावी छ । जबकि नीजि उद्योगहरु नाफामै छन् । यो उद्योग ओरालो लाग्नुमा राजनीतिक हस्तक्षेप र खरिदबिक्रिमा हुने अनियमितता समेत जिम्मेवार छ । 

हेटौडा सिमेन्ट उद्योग स्थापना हुँदा १२ सय कर्मचारी थिए । अहिले २ सय ९५ जना स्थायी र २३ जना दैनिक ज्यालादारीका कर्मचारी छन् । बर्षमा आधाजसो समय मर्मतका नाममा बन्द गर्ने, व्यवसायिक प्रतिष्प्रर्धा भन्दा हाजिर गरेर जागिर खाने मानसिकता र सरकार फेरिनासाथ व्यवस्थापनमा हुने परिर्वतनले हेटौंडा सिमेन्टको शाख समेत गिर्दै गएको छ । 

प्रकाशित मिति: : 2020-09-14 15:07:14

प्रतिकृया दिनुहोस्