कोरोनालाई पराजित गर्ने प्रहरीहरू भन्छन्– 'सबैको साथ र हौसला पाए जितिने रहेछ'

लोकान्तर

काठमाडौँ

गगन अर्याल

रूपन्देही घर भएका एक प्रहरी नायब निरीक्षक (सई) स्वयम्भुमा ड्युटी गरिराखेका थिए । उनलाई ज्वरो आयो । एक दिन त सामान्य औषधि खाए, तर ज्वरो निको भएन ।

सामान्य समयमा भएको भए त उनी मेडिकलमा गएर औषधि लिन्थे, निको हुन्थ्यो । तर अहिलेको अवस्था त्यस्तो छैन । विश्वभरमा कोरोनाभाइरस (कोभिड– १९) को महामारी चलिरहेको छ । लक्षण पनि त्यसैसँग मिल्ने भएकाले अर्को दिन ३२ गते कोरोनाभाइरसको परीक्षणका लागि स्वाब दिए ।

नभन्दै अर्को दिन भदौ २ गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भयो । उनी स्वाब दिएपछि ब्यारेकमा क्वारेन्टीनमा बसेका थिए । उनलाई पोजेटिभ आएपछि विश्वास नै लागेन । एक छिन त उनको मस्तिष्क शून्य जस्तै भयो । कसैलाई केही भन्न सकेनन्, तर यथार्थ त्यही नै थियो ।

त्यसपछि उनी नेपाल प्रहरीको अस्पतालमा रहेको आइसोलेसनमा गए । आइसोलेसनमा १० दिन बसे । 

 

 

प्रकाशित मिति: : 2020-09-08 14:43:28

प्रतिकृया दिनुहोस्