अनलाइनखबर
एक वर्ष अघिको कुरा हो, एक जना महिला विदेश जानुपर्ने भएकोले नेपालमा सवारी चलाइराखेको प्रमाणीकरण गर्न यातायात व्यवस्था कार्यालय, एकान्तकुना पुगिन् । लामो समयदेखि सवारी चलाइराखेकी उनलाई त्यो लाइसेन्सको प्रमाणीकरण लिएर जाँदा विदेशमा पनि सवारी चलाउन सहज हुनेथियो ।
आफ्नो काम लिएर यातायात कार्यालय, एकान्तकुना पुगेकी उनलाई सानो–सानो बहाना गरेर सेवा दिन इन्कार गरियो । कहिले यो कागजात, कहिले त्यो कागजात गर्दै लगभग एक महिनासम्म कार्यालय धाउँदा पनि काम हुन सकेन ।
उनी सरकारी बैंकमा अधिकृत तहमा काम गरिरहेकी एक ‘प्रोफेसनल’ महिला भएकोले पछिल्ला दिनमा उनले त्यस सरकारी कार्यालयका काम–कारबाही प्रति असन्तुष्टि देखाउन लागिन् । त्यसो त उनीसँग पैसा लगायतका कुनै कुराको प्रत्यक्ष माग गरिएको थिएन । तर, सेवा दिन किन आलटाल गरिएको हो, त्यो उनले कहिल्यै बुझिनन् ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया