वीरगञ्जमा थप ४३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किए

वीरगञ्जबाट सोमबार साँझ थप ४३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। 

उनीहरु विभिन्न अस्पतालको आइसोलेसन, होम आइसाेलेसन, सामुदायिक आइसोलेसनमा बसेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ।

डिस्चार्ज हुनेहरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सर्वसाधरण गरी ४३ जना रहेको जनाइएको छ। 

आजसम्म २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएका मध्ये १ हजार ८ सय ६५ पुरुष र ५ सय ३६ महिला रहेका छन्। त्यसैगरी वीरगञ्जमा कोरोनामुक्त भएर घर फर्किनेको संख्या १५ सय ७ जना पुगेको छ।

प्रशासनले जारी गरेको प्रेस नोटमा वीरगञ्जमा आजसम्म ४२ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको उल्लेख गरिएको छ। 

त्यसैगरी आजसम्म वीरगञ्जका दुई कोभिड अस्पतालमा ४९ पुरुष, १३ महिला सहित ६२ जनाको उपचार भईरहेको छ भने ७ सय पुरुष र २ सय २६ महिला गरी ९ सय २६ जना संक्रमित होम आइसाेलेसनमा रहेको प्रसासनले जनाएकाे छ।

प्रकाशित मिति: : 2020-09-07 18:13:31

प्रतिकृया दिनुहोस्