‘चार तारा’ र ‘रुख’ नै कांग्रेसको ब्रान्ड
बिएल संवाददाता
आइसीसी विश्वकप लिग- २ को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत आज (बिहीबार) नेपालले पपुवा न्युगिनी (पिएनजी)सँग प्रतिस्पर्धा गर्दैछ। खेल काठमाडौँको कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ।
आइसीसी विश्वकप लिग- २ को याे अन्तिम त्रिकोणात्मक सिरिज हाे। नेपाल पिएनजीलाई पराजित गर्दै एकदिवसीय मान्यताकाे लागि र विश्वकप छनाेटकाे लागि अझै नजिक पुग्न चाहन्छ।
विश्वकप लिग– २ को शीर्ष तीनभित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने छ। त्यसैले नेपालले आजकाे प्रतिस्पर्धामा जित निकाल्नु अतिआवश्यक छ।
नेपालले यसअघि भएका दुई खेलमा पिएनजीलाई लगातार पराजित गरेकाे थियाे।
यस त्रिकोणात्मक सिरिजमा नेपालले युएई र पिएनजीसँग समान २-२ खेल खेल्नेछ।
नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकसहित पाँचै स्थानमा छ। नेपालले आजबाट सुरु हुने प्रतियोगिताको सबै खेल जितेमा ३६ खेलबाट ४० अंक बनाउनेछ। जुन नजिताले नेपाल शीर्ष तीनमा रहँदै सिधैं विश्वकप छनोट खेल्न पाउनेछ।
त्यस्तै एकदिवसीय मान्यता कायम राख्नकाे लागि पनि नेपालले चारमध्ये दुई खेल अनिवार्य जित्नुपर्नेछ।
अंक तालिकामा नेपालभन्दा अगाडि स्कटल्याण्ड, ओमान, नामिबिया र अमेरिका छन। नेपालले घरेलु मैदानमा हुने चारवटै खेल जितेमा अमेरिका र नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिनेछ।
‘चार तारा’ र ‘रुख’ नै कांग्रेसको ब्रान्ड
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया