वीरगन्जमा गरिएको परीक्षणमा थपिए १ सय १० कोरोना संक्रमित

बिहीबार वीरगन्जमा थप १ सय १० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १० जनामा कोरोना पोजेटिभ देखिएको हो।

बुधबार राति गरिएको परीक्षणमा ८० पुरुष र ३० जना महिलामा संक्रमण देखिएको हो।

संक्रमितहरूमध्ये पर्साका ६९, बाराका २४ र रौतहटका १७ जना छन्। उनीहरू डेढ वर्षदेखि ८० वर्ष उमेर समूहका छन्।

बुधबार भने वीरगन्जमा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको थियो।

पछिल्लो समय वीरगन्जमा संक्रमित दर बढ्नुका साथै मृत्यु दर पनि बढेको छ।

बुधबार मात्र वीरगन्जमा उपचारको क्रममा बाराका ९७ कोरोना संक्रमित वृद्धको मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2020-09-03 10:29:47

प्रतिकृया दिनुहोस्