सोमबार, १५ डिसेम्बर २०२५

हेराल्ड कलेजका शिक्षकलाई कोरोना संक्रमण, सूचना गोप्य राखेर कक्षा सञ्चालन

Breaknlinks
• • •

पछिल्ला केही दिन यता काठमाडौँ लगायत देशभर कोरोना भाइरस संक्रमणको दर बढ्दो छ। कोभिड– १९ सँगै केही मानिसमा ओमिक्रनको संक्रमण समेत फैलिदाँ आम मानिसमा थप त्रास फैलिएको छ।

कोरोना संक्रमण दर बढेको भन्दै काठमाडौँ लगायत देशका मुख्य शहरहरुमा रहेको केही क्याम्पस तथा विद्यालयहरुले नियमित कक्षा बन्द गरेर भर्चुअल कक्षा सञ्चालन गर्न सुरु गरेको छन्।

यसरी कोरोना संक्रमण दर बढेर विद्यार्थीहरुमा त्रास फैलिरहेका बेला काठमाडौँको एक कलेजले केही शिक्षकहरुमा कोरोना संक्रमण पुष्टि हुँदाहुँदै पनि नियमित कक्षाहरु सञ्चालन गरिरहेकाे पाइएकाे छ।

सानो गौचरनस्थितत हेराल्ड कलेज काठमाडौँका एक शिक्षकलाई एक साताअघि कोरोना संक्रमण पुष्टि भए पनि उक्त सूचना गोप्य राखेर नियमित कक्षा सञ्चालन गरिहेको पाइएको हो।

संक्रमित शिक्षक अहिले आइसोलेशनमा बसेका छन्। तर, यसरी शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि हुँदाहुँदै पनि कलेजले स्वास्थ्य मापदण्ड नपुर्‍याएको भन्दै अधिकांश विद्यार्थीहरु त्रसित बनेका छन्।

‘हामीलाई पढाउने एक जना सरलाई एक हप्ताअघि देखि काेराेना लागेकाे रहिछ। तर, सरले भन्नु भएन। हामी उहाँसँग बढी घुल्मिल थियाैँ,’ एक विद्यार्थीले भने,‘ यसरी काेराेना फैलिदाँ पनि कलेजले सुरक्षा मापदण्ड नअपनाउँदा धेरै डर लागेकाे छ, खाेई अब के हुने हाे।’

शिक्षकलाई काेराेना लागेपछि उनीसँग कन्ट्याक ट्रेसिङमा परेका अरू विद्यार्थीलाई आसाेलेशनमा बस्ने व्यवस्था नमिलाएकाे अधिकांश विद्यार्थीकाे गुनासाे छ।

यस विषयमा बुझ्न खोज्दा कलेज प्रशासनले बोल्न अस्वीकार गर्‍यो। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!