भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ हजार नाघ्याे, प्रहरी उच्च चपेटामा

भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ।

अहिलेसम्म कोरोना भाइरसको कारण ६५ हजार २८८ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

पछिल्लो २४ घण्टामा मात्र ८१९ जनाको मृत्यु कोरोना संक्रमणकाे कारण भएको हो।

प्रहरी चपेटामा 

भारतको झारखण्ड राज्यमा कोरोना भाइरसले प्रहरीलाई निकै सास्ति दिएकाे छ।

यहाँ अहिलेसम्म ४ हजारभन्दा बढी प्रहरी काेराेना संक्रमित भइसकेका छन्।

याेसँगै झारखण्ड राज्यमा कोरोनाको संक्रमित प्रहरीको संख्या ४ हजार ४५ पुगिसकेको छ।

तिनमा २ एसएसपी, ३ एसपी र १४ डीएसपीसमेत छन्। संक्रमित प्रहरीमध्ये ९ जनाको मृत्युसमेत भइसकेको छ।

याेसँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३६ लाख ९१ हजार १६७ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र  ६९ हजार ९२१ नयाँ संक्रमित थपिएका हुन्।

यसअघि लगातार पाँच दिन भारतमा कोरोना भाइरसका ७५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिँदै आएका थिए।

अहिलेसम्म कोरोना भाइरसका २८ लाख ३९ हजार ८८३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन्। अहिले  सात लाख ८५ हजार ९९६ संक्रमित निको हुन बाँकी छन्।

प्रकाशित मिति: : 2020-09-01 12:36:22

प्रतिकृया दिनुहोस्