आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)ले पार्टीकाे ८औँ महाधिवेशनकाे उद्घाटन समारोहमा सबै राजनीतिक पार्टीका नेतृत्वलाई निमन्त्रणा गर्ने भएको छ। राष्ट्रिय सम्मेलनलाई महाधिवेशमा रूपान्तरणा गरेसँगै शनिबार साँझ बसेकाे स्थायी कमिटी बैठकले उक्त निर्णय गरेकाे हाे।
तथापि महाधिवेशन भन्ने नभन्नेबारे अहिले जारी केन्द्रीय कमिटी बैठकले अनुमाेदन गर्नुपर्नेछ। माओवादीको महाधिवेशनकाे उद्घाटनसत्र आज दिउँसाे १ बजे कमलादीस्थित प्रज्ञा भवनमा हुँदैछ।
‘महाधिवेशनमा गएपछि उद्घाटन समारोहमा सबै राजनीतिक नेतृत्वलाई निमन्त्रणा गरिनेछ,’ स्थायी कमिटी बैठकअघि एक नेताले भने,‘तर, महाधिवेशन भन्ने नभन्नेबारे अहिले बस्ने बैठकमा निर्णय हुन्छ।’
त्यस्तै, माओवादीकाे महाधिवेशनमा अन्य पार्टीका नेतृत्वलाई निमन्त्रणा गरिरहँदा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हाेलान्/नहाेलान् भन्नेबारे धेरैले चासाे दिएका छन्। यसअघि गत मंसिर १० मा एमाले महाधिवेशनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नगएर अन्य नेतालाई पठाएका थिए। नेकपा विभाजनपछि ओली–प्रचण्डकाे सम्बन्धमा दरार आएकाे छ। त्यसैले माओवादीकाे सम्मेलनमा ओलीकाे सहभागीताले ठूलाे अर्थ राख्नेछ।
यद्यपि माओवादीले अहिलेसम्म निमन्त्रणा भने पठाइसकेकाे छैन। जसकाे टुङ्गाे स्थायी कमिटी बैठकपछि लाग्नेछ।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया