पर्सामा तीन कोरोना संक्रमितको मृत्यु

पर्सामा थप तीन जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

दुई जनाको कोभिड अस्पतालमा र एकजनाको नारायणी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको हो। 

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुष रहेका छन्। अर्का एक मृतकको भने पहिचान खुलन सकेको छैन। योसहित पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

प्रकाशित मिति: : 2020-09-01 11:14:43

प्रतिकृया दिनुहोस्