कैलालीमा जारी निषेधाज्ञा थप ५ दिन थप गरिने भएकाे छ।
कोरोना संक्रमणको अवस्था बढ्न थालेपछि निषेधाज्ञा थप गरिन लागेकाे प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए।
यसअघि भदौ ४ गतेदेखि जारी गरिएकाे निषेधाज्ञा आइतबार राति सकिँदै थियाे। तर थप गरिएर निषेधाज्ञालाई १९ गते रातिसम्म लागु हुने प्रजिअ बोहराले जानकारी दिए।
शुक्रवार बसेको सुरक्षा समितिको बैठकले पनि भदौ ४ गतेदेखि जारी निषेधाज्ञा १९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको थियो।