उद्योगपति विनोद चौधरीलाई कोरोना भाइरसकाे संक्रमण भएको छ।
उनको शुक्रबार सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण भएको बताएका हुन्।
‘मेरो पीसीआर कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। तर ममा कुनै लक्षण देखिएको छैन,’ उनले भनेका छन्।
उनी चिकित्सको सल्लाह बम्मोजिम हाेम आइसोलेसनमा बसेको जानकारी दिएका छन्।
उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि कोरोना परीक्षण गराउन आग्रह गरेका छन्।
Dear friends and well wishers - I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020