सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
हिमाल खबर
सन् १९७० को दशकमा धेरै फल्ने हाइब्रिड धानको विकास गरेर संसारका असंख्य गरीबलाई भोकमरीबाट जोगाउँदै जीवन बचाएको श्रेय लोङपिङलाई जान्छ। यिनै लोङपिङ शनिबार संसारबाट बिदा भए।
किसानका खेतमा धेरै फल्ने हाइब्रिड (वर्णसंकर) धानको विकास गरेर एसिया र अफ्रिकाको गरीबी र भोकमरी विरुद्धको युद्ध लड्न सघाएका चिनियाँ वनस्पति वैज्ञानिक युआन लोङपिङको ८ जेठ शनिबार निधन भयो। हुनान प्रान्तको चाङ्सास्थित अस्पतालमा ९१ वर्षीय लोङपिङले जीवनको अन्तिम सास फेरे।
सन् १९७० को दशकमा लोङपिङले यस्तो हाइब्रिड धानको विकास गरे, जसबाट खाद्य असुरक्षा भोगिरहेका चीनसहित एसिया र अफ्रिकाका देशहरूले धान उत्पादनमा फड्को मार्ने सफलता पाए।
यो योगदानले लोङपिङलाई विश्वभरि ‘हाइब्रिड धानका पिता’ र चीनमा ‘राष्ट्रिय नायक’को पहिचान दिलायो। भोकमरीबाटै लाखौंको मृत्यु भएको चीनमा यो आविष्कारले ‘रामवाण’कै काम गर्यो।
माओ च दोङ नेतृत्वको ‘ग्रेट लिप फरवार्ड’ पछि गरीबीको गहिरो भासमा धकेलिएका लाखौं चिनियाँ भोकमरीकै कारण ज्यान गुमाइरहेका थिए। लोङपिङले यो पीडा नजिकबाट देखेका थिए। भोकाको पेट भर्ने उनको सपना यहीँबाट शुरू भएको थियो।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया