दुई नम्बर प्रदेशमा बिहिबार एकै दिन ८ जना मृतक र १ सय २४ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी बाराका ४ जना पुरुष र एक महिला तथा धनुषाका एक जना गरी ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्सा सुपौली १ का ६८ वर्षीय पुरुष र वीरगन्ज १४ का ६२ वर्षीय पुरुष, बाराका ४२, ५९, ७० र ७५ वर्षीय पुरुष तथा सुर्वण गाउँपालिका ४ हर्दियाका २३ वर्षीया गर्भवती महिला, धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपलिका ४ का ४५ वर्षीय पुरुष भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार बिहिबार पर्सामा २६ जना संक्रमित थपिएका छन्। यससँगै पर्सामा संक्रमितको संख्या २ हजार ८३ पुगेको छ। बारामा १० जना संक्रमित थपिएसँगै कूल संख्या ७ सय ८६ पुगेको छ । रौतहटमा ६ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ६ सय ९ पुगेको छ । सर्लाहीमा ३ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ३ सय ५४ पुगेको छ ।
महोत्तरीमा ६ जना थपिएसँगै संक्रमितको संख्या १ हजार १ सय ६१ पुगेको छ । धनुषामा ३७ जना संक्रमित थपिएसँगै कूल संख्या १ हजार ३ सय ७९ पुगेको छ । सिरहामा ४ जना थपिएसँगै संक्रमितको संख्या ३ सय ९४ पुगेको छ । सप्तरीमा ३२ जना सक्रमित थपिएसँगै सप्तरजिल्लामा कूल संक्रमितको संख्या ७ सय ७९ छ । यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ८३ पुगेको छ ।
बिहिबार यस प्रदेशबाट ५७ जना निको भएर फर्किएका छन । प्रदेश दुईमा बिहिबारसम्म निको भएर घर फर्किको कूल संख्या ४ हजार ४ सय ९६ पुगेको छ ।