यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ। राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन्। नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।
आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन्।
पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो। नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो।
साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो। नेपालले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गर्दै आइरहेको थियो। त्यसैले नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ। तर, भारतविरुद्ध सहज नहुने नेपाली टोलीलाई जानकारी छ।
साफमा भारत सबैभन्दा सफल टिम हो। भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ। भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ।
साफअन्तर्गत नै लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो। जहाँ भारतले नेपाललाई १-० ले हराएको थियो।
भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ। जसमा भारत पूर्णरुपमा हाबी छ।नेपालविरुद्ध भारतले १५ खेल जितेको छ। नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया