‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
बिएल संवाददाता
माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ। राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन्। नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।
आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन्।
पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो। नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो।
साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो। नेपालले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गर्दै आइरहेको थियो। त्यसैले नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ। तर, भारतविरुद्ध सहज नहुने नेपाली टोलीलाई जानकारी छ।
साफमा भारत सबैभन्दा सफल टिम हो। भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ। भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ।
साफअन्तर्गत नै लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो। जहाँ भारतले नेपाललाई १-० ले हराएको थियो।
भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ। जसमा भारत पूर्णरुपमा हाबी छ।नेपालविरुद्ध भारतले १५ खेल जितेको छ। नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया