कोरोना परीक्षण रिपोर्ट २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन

संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरस संक्रमणको परीक्षण गरेकाहरुको रिपोर्ट २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।

मंगलबार भएको समितिको भर्चुअल मिटिङले पिसिआर रिपोर्ट आउन हप्ता दश दिनसम्म लागेको र कतिपयको मृत्यभएपछि मात्रै रिपोर्ट भएको भन्दै २४ घण्टाभित्रै रिपोर्ट उपलब्ध गराउने अवस्था सिर्जना गर्न निर्देशन दिएको हो।

‘रिपोर्ट आउन ढिला भयो भनेर सर्वत्र विरोध भइरहेको छ। हामीले २४ घण्टाभित्रै सम्बन्धित व्यक्तिलाई इमेल, फोन अथवा भाइबरबाट जहाँबाट भएपनि उपलब्ध गराउन निर्देशन दिएका छौं,’ सभापति जय पुरी घर्तीले भनिन्।

समितिले पिसिआर परिक्षणको दायर बढाउँदै एक घर एक व्यक्तिको जाँच गर्न निर्देशन दिएको छ। घर्तीले आइसोलेसन सेन्टर, भेन्टिलेटरको संख्या बढाउन पनि सरकारलाई सुझाव दिएको बताइन्।

प्रकाशित मिति: : 2020-08-25 18:21:54

प्रतिकृया दिनुहोस्