नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गणतन्त्र आएपछि ‘केही भएन भन्ने भाष्य ठीक नभएको’ दाबी गरेका छन्।
बुधबार बेलौरी नगरपालिकाको पर्यटकीयस्थल सोभताल परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गणतन्त्रपछि थुप्रै विकास निर्माण र भ्रष्टाचार निवारणका कार्यहरू भएका दाबी गरेका हुन्।
‘गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन। थुप्रै विकास निर्माण, भ्रष्टाचार निवारणका कार्यहरू भएका छन्, तर जनताले अपेक्षा गरेअनुसार जति हुनुपर्थ्यो, त्यो हुन सकेको छैन।’
उनले गणतन्त्र आएपछि थालनी गरिएको मध्यपहाडी लोकमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताउँदै हुलाकी राजमार्ग निर्माणको कार्य पनि अगाडि बढिरहेको बताए।