काठमाडौं उपत्यकामा विगत २४ घन्टामा २३२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन्।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी ललितपुरमा १४ र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै काठमाडौं उपत्यकाका तीन जिल्लामा ३ हजार ५ सय ५२ जनामा संक्रमण देखिएको छ।
नेपालमा पछिल्लो २४ घन्टामा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थपिएका मध्ये २७१ जना महिला र ५८४ जना पुरूष छन्। सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३१३ जना निको भएका छन्। सँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमणका कारण हालसम्म १६४ जनाको ज्यान गइसकेको छ।
नेपालमा हिजो (सोमवार) ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।