 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                रातोपाटी
 
                                सरकार गठनका लागि संसदीय अंकगणितका आधारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल निर्णायक भूमिका निर्वाह गर्ने स्थानमा छ। यद्यपि जसपा नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नै निरन्तरता दिने या विकल्प खोज्ने भन्नेबारे अझै औपचारिक निर्णय गर्न सकेको छैन।
सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई साविककै अवस्थामा क्रियाशील हुनेगरी फैसला गरेपछि संसदीय अंकगणितमा जसपा नेपालको भूमिका महत्त्वपूर्ण भएको हो।
सत्ता समीकरणका लागि आफ्नो भूमिका महत्त्वपूर्ण हुने भएसँगै जसपा नेपालले रेशम चौधरीको रिहाइ लगायतका माग पूरा भएमात्र सत्ता गठबन्धनबारे निर्णय गर्ने जनाउँदै आएको छ। यद्यपि जसपा नेपालका शीर्ष नेताहरु एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बेलाबखत छलफल गर्दै आएका छन्।
त्यस्ता छलफलपछि जसपा नेपालका नेताहरूबाट आएका प्रतिक्रियाको विश्लेषण गर्ने हो भने ओलीसँगै सत्ता साझेदारीका लागि जसपा नेपाल सहज हुँदै गएको हो कि भन्ने आँकलन गर्न थालिएको छ।
कैलाली क्षेत्र नम्बर १ का मतदाता भागीराम चौधरीले रेशम चौधरीलाई निःशर्त रिहा गर्नुपर्ने बताए। ‘प्रधानमन्त्री ओलीले आफ्नो सत्तालाई टिकाउनकै लागिमात्र रेशम चौधरीलाई रिहा गर्न लागेको हो भने त्यो गलत छ,’ उनले भने, ‘सरकारले साँच्चै नै रेशम चौधरीलाई अन्याय परेको महसुस गरेरै रिहा गर्न थालेको हो भने निःशर्त रिहा गराउनुपर्छ।’

भागीराम चौधरी
कैलाली क्षेत्र नम्बर १ का जनताले भोट दिएर सांसद चुने पनि निर्वाचित सांसद जेलमा रहँदा आफूहरुले वर्षौंसम्म विकासको अनुभूतिसमेत गर्न नपाएको उनले गुनासो गरे। ‘हामीले यतिका वर्षसम्म न विकासको अनुभूति गर्न सकेका छौं, न राहत पाउन सकेका छौं,’ उनले भने, ‘हामीसँग हामीले चुनेका सांसद नै भएपछि विकासका माग कहाँ गर्ने ? यो त हामीमाथि पनि अन्याय हो।’
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया