कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ११ को आइसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको छ।
३५ बर्षीया महिलाको सोमबार मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले पुष्टि गरे।
उनका अनुसार मृतककी श्रीमान र छोरामा कोरोना संक्रमण पुष्टि भएको छ, तर उनको भने स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको रावतले बताए।
‘उनको श्रीमान् र छोरामा संक्रमण पुष्टि भइसकेको थियो, उनको भने स्वाब परीक्षण भएको थिएन’ रावतले भने ‘अहिले कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गरिसकेका छौँ।’
उनका अनुसार स्थायी घर बझाङ भएकी उनी भारतबाट आफन्तको घरमा कैलाली आएकी थिइन्।
मृतक केही दिनदेखि नगरपालिकाले तयार गरेको आइसोलेसनमा बसेकी थिइन्।
उनको दुवै मिर्गौलामा समस्या रहेको र नियमित डाइलासिस गर्नुपर्ने अवस्था रहेको थियाे।